Public Pana
आज खण्डग्रास चन्द्रग्रहण
फाइल फोटो

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । 


नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ । यसको सुतक भने शनिबार दिउँसो ४ः १९ बजेदेखि नै सुरु हुने समितिले जनाएको छ ।  


राति २ बजेर ३८ मिनेट जाँदा ग्रहण मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए ।


समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि आजको चन्द्रग्रहण उल्लेख छ ।


यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ ।


गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । 


गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update