Public Pana
गाजामा बन्धक दुई जनाको रिहाइ हुदै :  परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले गाजामा बन्धक रहेका दुई जनाको रिहाइ गरिनु सकारात्मक रहेको बताएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी हमास समूहले बन्धक बनाएका दुई जनाको रिहाइ गरिनु सकारात्मक घटना भएको उल्लेख छ । 


मन्त्रालयले रिहाइको लागि कतार र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ । 

यस्तै मन्त्रालयले नेपाली नागरिक विपिन जोशी ७ अक्टोबरदेखि दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता भएको र उनको अवस्था अझै अज्ञात रहेको उल्लेख गरेको छ ।  

मन्त्रालयले  जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाका लागि आह्वान समेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update