Public Pana
८ वर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । कञ्चन गाउँपालिका–३ का ४२ वर्षीय बुद्धबहादुर पुन यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन–३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरी आरोपित पुन फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका–१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update