Public Pana
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले

दसैँ मनाउन काठमाडौँ उपत्यका बाट बाहिरिनेहरू कर्मथलो फर्कन थालेका छन् ।

उनीहरू टीकाको भोलिपल्टदेखि उपत्यकामा फर्कन थालेका हुन् ।


यस वर्ष दशैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए ।

यसरी फर्कने क्रम बढे पछि उपत्यका भित्रिने नाकामा भीड देखिन थालेको छ ।

उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update