Public Pana
एमालेको चियापान कार्यक्रम १५ गते

 नेकपा एमालेको चियापान कार्यक्रम सरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कात्तिक १४ गते दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा राखिएको चियापान कार्यक्रम १५ गतेलाई सरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे चियापान कार्यक्रम सारिएको बताइएको छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठीक सवा १२ बजेदेखि सुरु हुने तय भएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update