Public Pana
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल आज (शुक्रबार) हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा घरेलु टोली नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्नेछ । 

फाइनल खेल बिहान ११ बजेबाट शुरू हुनेछ ।

नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जीत हात पारेर फाइनलमा स्थान बनाएको थियो ।

यूएई र हङकङले समान एक–एक खेल जीत हात पारे पनि नेट रनरेटमा यूएई फाइनल पुगेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update