Public Pana
भोली चन्द्रग्रहण  लाग्ने

आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक ११ गते भोली शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १स्१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४स्१९ बजेदेखि सुरु हुनेछ । 


राति २: ३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए ।

समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि यो चन्द्रग्रहण उल्लेख छ ।

यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद गौतमले बताए । 

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । 

गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update