Public Pana
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको सांघाईमा निधन भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । 

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  लीलाई गएराति बिहीबार अचानक हृदयाघात भएको थियो ।  सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो । 

उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।

उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update