Public Pana
पतनशील पुराना शक्तिलाई बोकेर नयाँ बनाउन खोज्दा धोका भएको बाबुरामको स्टाटस

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको स्वीकार गरेका छन् ।

आज बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका हुन् ।


हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं, उनले लेखेका छन्, परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन ।

केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं ।

अहिले पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक भएको उनको भनाइ छ।

असन्तुष्टी नै नयाँ सिर्जनाको जननी भएको भन्दै यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण गरेको उनको बुझाइ छ । 


यस्तो छ ट्वीटरमा लेखेको स्टाटसः
आइन्सटाइन भन्थे– ‘‘No problem can ever be solved at the same level of conscoiusness that created it.’
अर्थात् ‘जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न ।’
त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्– ‘ ‘No revolution can remain stationary; it has either to move forward or backward.’

अर्थात् ‘कुनै पनि क्रान्ति स्थीर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ ।’  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update