२ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशुको घाँटीमा चक्कुले प्रहार भएको पाइएको छ ।
शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।
शिशुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० ०९:१३
प्रतिक्रिया दिनुहोस्