Public Pana
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते

अमेरिकाको माइन राज्यमा हिजो बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ ।

आक्रमणकारी अझै पक्राउ गर्न नसकिएकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।

प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा गोली चलेको थियो । ती व्यक्तिले तीन फरक व्यापारिक केन्द्रमा गोली चलाएका थिए। जसमा स्पेयरटाइम मनोरञ्जन, स्किमनेजको बार एण्ड ग्रिल रेस्टुरेन्ट, र वालमार्ट केन्द्र समावेश छ।

प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि समेत आग्रह गरेको छ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update