Public Pana
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो

दसैंका लागि देशका विभिन्न ठाउँबाट काठमाडौँ उपत्यकामा ल्याइएका खसी, भेडा र च्यांग्राको भाउ घटेको छ । 


दसैँमा मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा खसी र च्यांग्रा बिक्री नभएपछि व्यापारीले बिहीबारबाट मूल्य घटाएका हुन् ।


दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्राको मूल्य किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ । यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्यांग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रूपैयाँमा बिक्री थालिएको व्यापारीले बताएका छन् ।


बझाङबाट ल्याइएको नेपाली च्यांग्रा प्रतिकिलो नौ सय रुपैयाँमा बिक्री भइरहेको छ। चिनियाँ च्यांग्रा एक हजार एक सय रुपैयाँमा बिक्री भइरहेको छ ।


दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका हुन् ।
च्यांग्रा व्यापारी उत्तम खड्गीका अनुसार मुस्ताङमै महँगो तिर्नुपरेकाले च्यांग्राको मूल्य बढेको थियो । 


‘चीनबाट ल्याइएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट किन्दा किलोमा नभइ गोटामा हिसाब हुन्छ । गोटाको ३५ हजारदेखि ४० हजारसम्म रूपैयाँ तिर्नुपरेकाले यस वर्ष च्यांग्रा महँगो भएको हो ।,’ व्यापारी रमेश खड्काले बताए । उनले भेडाको पनि मूल्य घटाएर प्रतिकिलो ६५० रूपैयाँमा बिक्री सुरु गरिएको जानकारी दिए ।

व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा र च्यांग्राको परीक्षण गरेर ल्याएको बताए। च्यांग्राको तयारी मासुको मूल्य पनि घटेको छ ।
सल्लाघारीको चौरमा च्यांग्राको त

यारी मासु किलोको दुई हजार ८०० रूपैयाँमा व्यापारीले बिक्री गर्दै आए थिए । भाउ घटेपछि दुई हजार ५०० रूपैयाँ किलोमा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् ।


उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीहरूले खसी आजबाट प्रतिकिलो ६०० रूपैयाँमा बेच्न थालेका छन् ।


यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा र च्यांग्रा ल्याइएको व्यापारीले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update