Public Pana
गाजामा आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब
फाइल तस्बिर

इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। 

गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुरायाउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो।  


यही अक्टोबर ७ मा आफूलाई हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ। 


गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन परिस्थितिमा छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update