Public Pana
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त

चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् ।

हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।


सौराहा सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी) ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए ।

उनीहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे । 


नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यसपटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे ।


‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली’, उनले भने । 


अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थिन् । उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताइन् ।
dashain-1698158728.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update