Public Pana
बडादशैंमा बैंकहरुले गरे डिजिटल बैंकिङ्गको प्रबर्द्धन

बडादशैंको अवसरलाई उत्पादन तथा सामाग्रीहरु बेच्ने कम्पनीहरु मात्र नभई बैंक तथा वित्तीय संस्थाले पनि अवसरको रुपमा लिएका छन् । जसले गर्दा उनीहरुले आफ्ना सेवाहरु प्रयोग गर्ने ग्राहकलाई आकर्षित गर्न विभिन्न उपायहरु लगाएका छन् ।
बैंक तथा वित्तीय संस्थाले यस अवसर पारेर छुट तथा क्यासब्याक लगायत दिएर डिजिटल बैंकिङ्ग तथा कारोबारलाई समेत प्रोत्साहन गरिरहेको देखिन्छ।

बडा दशैंको अवसरमा कुन बैंकले के सेवा र छुट घोषणा गरेका छन् यहाँ हेर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले ‘प्रोमो कोड दसैं’ प्रयोग गरी ग्लोबल स्मार्टकार्डबाट क्युआर पेमेन्ट गर्ने ग्राहकलाई १० प्रतिशतसम्म र ३ सय रुपैयाँसम्म क्यास ब्याक योजना ल्याएको छ। उक्त योजना असोज २८ देखि कात्तिक ८ गतेसम्मका लागि हो।

यस्तै, ग्लोबल आइएमई बैंकको खातामा विदेशबाट रेमिट्यान्स पठाउँदा ५ सय रुपैयाँसम्म क्यास ब्याक हुने योजना सार्वजनिक गरिसकेको छ। उक्त योजना मंसिर ३० गतेसम्मका लागि हो।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले चाडपर्व लक्ष्यित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै असोज २८ देखि कात्तिक ४ सम्म आफ्ना कार्ड प्रयोगकर्तालाई २ हजार रुपैयाँसम्म छुट तथा ५ सय रुपैयाँसम्म क्यास ब्याक योजना ल्याएको छ। कात्तिक ४ देखि ९ सम्म सिटिजन्सको मोबाइल बैंकिङमार्फत रकमान्तर गर्ने ग्राहकले ३ सय रुपैयाँसम्म क्यास ब्याक पाउँछन्।

यस्तो अफरको लाभ लिन भने ग्राहकले न्यूनतम ५ सय रुपैयाँसम्म कारोबार गरेको हुनुपर्ने छ। चाडपर्व लक्ष्यित अफरको समयमा मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहकलाई बैंकले स्मार्ट फोन, अभन, इयरबड, एयर फायर उपहार दिने छ। यस्तो उपहार योजना बैंकले कात्तिक ८ सम्मका लागि ल्याएको हो।

कृषि विकास बैंक

कृषि विकास बैंकले अनलाइन सपिङ दराजसँग सहकार्यमा आफ्ना ग्राहकका लागि दसैं छुट अफर ल्याएको छ। बैंकका ग्राहकले दराजबाट सपिङ गर्दा ७० प्रतिशतदेखि २ हजार रुपैयाँसम्म छुट पाउनेछन्। यसका लागि दराजबाट न्यूनतम ७ हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने छ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले ‘फेस्टिभ बोनान्जा २०८० सँग पूरा गर्नुहोस् आफ्नो सपना’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत बैंकले सुलभ तथा आकर्षक ब्याजदरमा कृषि कर्जा, सेयर कर्जा, घर कर्जा, गाडी कर्जा र साना तथा मझौला उद्यम कर्जा दिइरहेको छ।

साथै, बैंकले चाडपर्व लक्ष्यि उक्त योजनामा आफ्ना कार्डवाहक ग्राहकका लागि १५ प्रतिशत र १ सय ५० रुपैयाँसम्म क्यास ब्याक अफर ल्याएको छ।

हिमालयन बैंक

चाडपर्वको अवसरमा हिमालयन बैंकले दसैं धमाका योजना सार्वजनिक गर्दै अनलाइन सपिङ दराजसँग सहकार्य गरी आफ्ना ग्राहकलाई सपिङ गर्दा ७० प्रतिशतदेखि २ हजार रुपैयाँसम्म छुट दिएको छ। यसका लागि दराजबाट न्यूनतम ७ हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने छ।

साथै, बैंकले कार्ड प्रयोगकर्तालाई २ हजार रुपैयाँसम्म छुट, मोको एपबाट हवाइ टिकट खरिद गर्दा १ जनालाई शतप्रतिशत क्यास ब्याक योजना सुरु गरिरहेका छ।

कुमारी बैंक

कुमारी बैंकले ‘दसैं मेला’ योजना सार्वजनिक गरिसकेका छ। उक्त योजनामा नेपाल पेमा आबद्ध भएको कुमारी स्मार्टको मोबाइल बैंकिङ प्रयोग गर्दा १ सय रुपैयाँ वा १० प्रतिशतसम्म क्यास ब्याक योजना ल्याएको हो।

लक्ष्मी सनराइज बैंक

बैंकले ‘दसैं आयो’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनामा बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत बसको टिकट खरिद गर्दा र युटिलिटी पेणल भुुक्तानी गर्दा २ सय ५० रुपैयाँसम्म क्यास ब्याक पाइरहेका छन्।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको ‘दशैं मेला’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनाअन्तर्गत बैंकका कार्डवाहक ग्राहकले सपिङ गरेर कार्डमार्फत भुक्तानी गर्दा २३ प्रतिशत छुट पाउँनेछन्। साथै, बैंकले मोको एपबाट हवाई टिकट खरिद गर्दा एकजनालाई सतप्रतिशत क्यास ब्याक गरिरहेको छ।

एनआइसी एसिया बैंक

बैंकले आफ्ना कार्वाहक र मोबाइल बैंकिङ ग्राहकलाई श्री बालाजी डाइमन्डमा सपिङ गर्दा २५ प्रतिशत डिस्काउन्ट दिएको छ।

नेपाल इन्भेस्टमेन्टमेगा मेगा बैंक

बैंकले ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत बैंकले कार्डवाहक ग्राहकलाई दराज अनलाइन सपिङसँग सहकार्य गर्दै २० प्रतिशतसम्मको छुट दिइरहेको छ।

एनएमबी बैंक

बैंकले ‘दसैं तिहारको उमङ्ग होन्डा किन्दा हुनुहोस् दङ्ग’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनामा बैंकले आफ्ना ग्राहकले होन्डाका सवारी खरिद गरी एनएबी बैंकको कार्ड तथा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म छुट, ५ वर्षका लागि पाटपुर्जा खरिदमा १० प्रतिशत छुट र ६ वर्षसम्म निः शुल्क सर्भिसिङ सेवा दिइरहेको छ। साथै, सुजुकी र कियाको ४ पांग्रे सवारी खरिद गर्दा एनएमबीबाट सवारी कर्जा लिने ग्राहकलाई २ लाख रुपैयाँसम्म छुट पाउने उल्लेख गरेको छ।

प्राइम बैंक

प्राइम बैंकले यसपालीको दशैंमा पनि उडानमा उमङ्ग मोकोसँग अफर ल्याएको छ। मोकोबाट ब्याक दिने बैंकले जानकारी दिएको छ। साथै हिमालय दृष्य रेस्ट्रोमा एक रात बस्ने मौका २ जनाले प्राप्त गर्नेछन्।

सानिमा बैंक

सानिमा बैंकले चाड पर्वका लागि दशैं धमाका अफर ल्याएको छ।
बैंकले सजिलो सानिमा मोबाइल बैंकिङबाट न्यूनतम ५०० रुपैयाँको टपअप गर्दा १०० रुपैयाँको डाटा प्याक र २००० हजार रुपैयाँ आईबीएफटी गर्दा थप आकर्षक उपहार जित्ने मौका रहेको बैंकले जानकारी दिएको छ। मोबाइल बैंकिङबाट धेरै कारोबार गर्ने प्रयोग एक एक ग्राहकले टेलिभिजन, रेफ्रिजेटर, ओभन र स्मार्टवाच जित्न सक्छन्। साथै एयर फायर २ ग्राहक र इयर बर्डस ४ ग्राहकले जित्ने कम्पनीले जानकारी दिएको छ।

सिद्धार्थ बैंक

बैंकले दशैंका लागि क्यास ब्याक योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत बैंकका ग्राहकले बालबालिका खातामा डेबिट कार्डमार्फत पोस मेसिन वा ई–कम कारोबार गरी न्यूनतम १ हजार रुपैयाँ कारोबार गरे १० प्रपितशतसम्म वा १ सय रुपैयाँ क्यास ब्याक दिइरहेको छ। साथै, बैंकले दशैंतिहार ब्लेसिङ योजनामा आफ्ना कार्डवाहक ग्राहकलाई २ सय रुपैयाँ क्यास ब्याक दिइरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update