Public Pana
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

दोलखामा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।


बिगु गाउँपालिका–२ ओराङमा बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना  परेको हो ।


दुर्घटनामा बिगु–२ कै चिनीमाया तामाङ र बालमायी तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


दुर्घटनामा घाइते भएका ६ मध्ये पाँच जनाको अवस्था गम्भीर छ । 


उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए ।


अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update