Public Pana
हमासले गर्यो बन्धकलाई रिहा 

प्यालेस्टिनी लडाकु समूह हमासले थप दुईजना बन्धकलाई रिहा गरेको छ। उनीहरू दुवै इजरायली महिला हुन् ।
यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो ।  


आज मंगलबार बिहान रिहा गरिएका दुई महिला हुन् ।


७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्ज। उनीहरूलाई उपचारका लागि इजरायलको तेल अभिभ  ल्याइएको बीबीसीले जनाएको छ । 


हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ ।


बन्धकहरूको रिहाइका लागि मध्यस्थता गरेकामा इजिप्टलाई इजरायलले धन्यवाद दिएको छ । यस्तै रिहा गरिएका दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको भूमिकाका लागि रेडक्रसप्रति आभार प्रकट गरेको छ । 


इजरायली अधिकारीका अनुसार रिहा भएका नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफसिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै हमासको बन्धकमा छन् ।


हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update