Public Pana
लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ ।

बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । 

लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 

कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो । 

सिटीले अर्काे बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update