Public Pana
आज संयुक्त राष्ट्र संघ दिवस

सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसङ्घ दिवस मनाइन्छ, सन १९७१ को संयुक्त राष्ट्र सङ्घको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा युएन भनेर पनि हामीले बुझ्दछौँ । संयुक्त राष्ट्रसङ्घ हामी सबैले देखिआएका, सुनिआएका र पढी आएका सस्थाँ हो, युद्धग्रस्त क्षेत्र देखि प्राकृतिक प्रकोपले गस्त क्षेत्रहरूसम्म सहयोगका हातहरू, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ ।


वर्ष २०२३ को संयुक्त राष्ट्रसङ्घ दिवसको नारा


वर्ष २०२३ को संयुक्त राष्ट्रसङ्घ दिवसको नारा Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ यस स्थानीय यूवाहरुको शान्तिका लागि पहलको पैरवी गर्दै अहिंसाको पक्षमा वकालत गर्दै विश्व शान्तिका लागि आव्हान गरिएको छ ।


आजभन्दा ७२ वर्षअघि जब दोस्रो बिश्वयूद्धको समापन भएर विश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोसिमा, नागासाकी लगायत अमेरिकाको पर्ल हार्बर लास अनि बारुदको अवशेषसँग लतपतिएको थियो । विश्व युद्धले थाकेर मानवता स्वयम हताशमा भएका बेला दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।


संयुक्त राष्ट्र सङ्घ एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पूर्ण सदस्य राष्ट्रहरूबिच समन्वय र सहयोग कायम राख्दछ । दोस्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरू लिग अफ नेशनले गर्ने गरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापना अनि पहिला र दोस्रा विश्व यूद्धजस्ता आततायी युद्धहरू पुनः हुन नदिनका लागी संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।


दोस्रो विश्व युद्धको विध्वशं र विनाशले अमेरिका , बेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मन, इटाली, जापान र अन्य केही युद्धरत राष्ट्रहरूबाहेक २६ वटा राष्ट्रहरूले सन १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन १९४५ मा यसै घोषणापत्रमा थप रूपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा बढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ दिवसका रूपमा लिइन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, बेलायत, चीन, फ्रान्स लगायतका देशहरूले पनि पुष्टि र सहमति जनाएका हुन् ।


अहिले संयुक्त राष्ट्र सङ्घमा १९३ सदस्यहरू छन् भने विश्वभरि नै साझा मुद्दा लगायत आपत्कालीन सहयोग, उद्धार अनि दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घ अगुवा संस्था हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update