Public Pana
नेपाल युएईविरुद्ध ५ विकेटले विजयी

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।


यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।


नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे  ।

कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।


आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।


यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ -४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।


नेपालका सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update