Public Pana
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ डिस्चार्ज

चीनमा भएको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् ।

मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।


उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी  कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।


बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो ।

लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले आठ गते मात्रै स्वदेश फर्किने भएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update