Public Pana
जितका लागि नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।


टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।


यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ ÷४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।


निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।


नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update