Public Pana
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार

मद्रास उच्च अदालतले  बलिउड अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा र अन्य दुईलाई छ महिनाको जेल सजायमा राहत दिन अस्वीकार गरेको छ । 


जयप्रदा र अन्य दुई जना ‘जयप्रदा सिनेमा थिएटरुका मालिक थिए र उनीहरूले १८ वर्षदेखि कर्मचारी राज्य बीमा निगममा आफ्नो बक्यौता जम्मा गरेका थिएनन् ।  


मुख्य सत्र न्यायाधीशले उनलाई ६ महिना कैद सजाय तोकेका थिए ।

उक्त आदेशविरुद्ध परेको निवेदन उच्च अदालतले खारेज गरेको छ । जसमा जयाप्रदा र उनका दुई साथीलाई दिइएको ६ महिनाको जेल सजाय रोक्न माग गरिएको थियो ।


न्यायाधीश जी जयचन्द्रनले भने कि जयप्रदा र उनका साझेदारहरूले कर्मचारीहरूबाट ईएसआई योगदान संकलन गरे तर जम्मा गरेनन् र यो बारम्बार गरियो। यसरी १८ वर्षसम्म यो मुद्दा विचाराधीन रह्यो ।


अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update