Public Pana
त्रिदेशीय क्रिकेट : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा

त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल भइरहेको छ । काठमाडौँको मूलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरिरहेको छ ।


एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ ।


यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

आजको खेल हारेको अवस्थामा युएईले हङकङको खेल कुर्नुपर्नेछ । हङकङ र यूएईबीचको अर्को खेल बुधबार हुनेछ ।


नेपाल यसअघिका तीन खेलमध्ये दुईमा हङकङ र एकमा युएईलाई हराउँदै फाइनलमा पुगिसकेको छ । हङकङ भने प्रतियोगितामा जित विहीन छ ।


सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update