Public Pana
दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत


दशैंलाई मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा लिइन्छ । यो बेला मासुको खपत अन्य महिनाको तुलनामा दोब्बरभन्दा बढी हुने गरेको छ । दसैंमा बढ्ने मासुको मागलाई ५ वर्षयता स्थानीय उत्पादनले नै धान्न थालेको छ ।

काठमाडौं कोटेश्वरीकी समिता लुइटेलले सोमबार ३ जनाको परिवारका लागि २ किलोग्राम खसीको मासु लगिन् । एकहप्तादेखि नै लगातार खसिको प्रतिकेजी खसीको मासु लगेकी समिताले सोमबारदेखि पूर्णिमासम्म प्रतिदिन २ केजी खसीको मासु लैजाने जनाएकी छन् ।


कोटेश्वरकै राम बोहोराले ५० हजार रुपैयाँका दुई वटा खसी किने । ५ जनाको परिवार रहेका उनी एउटा दशैंमा आफ्नै घरमा र अर्को कोटेश्वर टोलमा सामुहिक रुपमा वितरण गर्ने जनाए ।


पशु सेवा विभागका अनुसार अन्य महिनामा काठमाडौं उपत्यकामा झण्डै ५२ हजार खसीबोका खपत हुने गरेका छन् । तर, दशैंको घटस्थापनादेखि नवमीसम्म मात्रै ५० हजारभन्दा बढी खसीबोकाको खपत हुने गरेको छ ।


विभागका अनुसार असोज, कात्तिक र मंसिरमा मासुको धेरै खपत हुने गरेको छ । नेपालमा वाषिर्क ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ । यसमा सबैभन्दा बढी हिस्सा ४० प्रतिशत कुखुराको छ ।


दोस्रो स्थानमा ३७ प्रतिशतले राँगा, १४ प्रतिशत खसीबोका र ७ प्रतिशत बंगुरको रहेको छ । तर दशैंमा सबैंभन्दा बढी खपत खसीबोकाकै हुने गरेको छ । पाँच वर्ष अघिसम्म खसीबोका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहे पनि अहिले स्थानीय उत्पादनले धानेको छ ।


सरकारी अधिकारीहरुका अनुसार दशैंतिहार जस्ता ठूला चाडबाडमा मात्र ६० अर्बभन्दा बढीको मासु खपत हुने गरेको छ ।


नेपालमा वार्षिक ५ लाख टन माग हुने गरेकोमा ५ लाख १० हजार टन मासु उत्पादन हुने गरेको छ । वर्षभरिमा प्रति नेपालीलाई १४ किलो आवश्यक भए पनि अहिले २१ किलो उपलब्ध रहेको छ । 


सडक सञ्जालको बढोत्तरी एवं पशुपन्छी पालनमा लाग्ने किसानहरु बढ्दा मागभन्दा उत्पादन धेरै भएको हो । अहिले ३४ लाख किसान पशुपन्छी पालनमा छन् ।


स्वदेशका पशुपन्छीमात्र होइन आजकाल नेपालीका घरमा अष्ट्रेलियाको भेडा, कोरिया र चीनका सुागुरदेखि युरोपका ससेज र अमेरिकाका सालमण्डसम्म पुगिरहेका हुन्छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update