Public Pana
दशैंमा सुनसान काठमाडौं

दशैं मनाउन अधिकांश मानिस घर फर्किइसकेका छन् ।

अरु बेला चहलपहल र व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि फाट्टफुट्टमात्र चलेका छन् ।

उपत्यकाबाट बाहिरिने मुख्य नाका हो कलंकी । दशैं लागेपछि यही नाका भएर दैनिक १ लाखसम्म यात्रु बाहिरिए । महानवमीको बिहान त यहाँ काठमाडौंबाट बाहिरिने सवारीसाधनको जाम नै भयो । तर आज यहाँ गाडी पातलिइसकेको छ ।

मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर थातथलो फर्कदा काठमाडौंका सडकमा समेत सार्वजनिक सवारीसाधन पातलिएका छन् ।


ललितपुरको सातदोबाटोमा अन्य दिन सार्वजनिक सवारी साधनको निकै चाप हुन्थ्यो । तर, आज सर्वसाधारणलाई गाडी पाउनै मुस्किल छ ।

अनि, अरु बेला भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीले पनि सुस्ताउने मौका पाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज सोमबार बिहानसम्म उपत्यकाबाट झण्डै ११ लाख ५० हजारमानिस बाहिरिएको प्रहरीको आकलन छ ।

दशैं मनाउन मानिसहरु थातथलो र्फकदा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update