Public Pana
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण र १ रजत पदक

बंगलादेशमा सम्पन्न पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र १ रजत पदक जितेको छ । 


ढाकामा सम्पन्न प्रतियोगितामा नेपालका बिमल रोकायाले पुरुष सिनियरतर्फ ६३केजी तौल समूहमा रजत पदक जिते। विमल हात्तीवन तेक्वान्दो एकेडेमीका हुन् । 


यस्तै रोजलिन ओझाले जुनियरतर्फ व्यक्तिगत स्पर्धामा २ स्वर्ण पदक जितिन् । 


नबराज पुनले क्याडेट व्यक्तिगत पुम्से र जुनियर ३५ किलो तौलमा समान १ स्वर्ण पदक जिते ।


बिमल हात्तीवनका एकेडेमीका प्रशिक्षक हुन् भने रोजलिन र नबराज उनका विद्यार्थी हुन् ।

प्रतियोगिता अक्टोबर १९ देखि २१ सम्म भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update