Public Pana
त्रिकोणात्मक क्रिकेट : नेपाल र यूएई आज  भिड्दै

घरेलु मैदानमा जारी टी– २० आई त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपाल र यूएई भिड्दैछन् । 
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । 


यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ । 


सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको यूएई जितको खोजीम मैदान उत्रनेछ । 


सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ । उता यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । 


नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । 


एक खेलमा जित र एक खेलमा हार भोगेको यूएई भने ३ अंकमा दोस्रो स्थानमा छ । 


सिरिजका तिन खेलमा पराजित हङकङ भने अंक विहिन रुपमा तालिकाको पुछारमा छ । 


डबल राउण्ड रोविनको सिरिजमा नेपालले हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । 


यूएईले भने हङकङलाई ६ विकेटले हराउँदै सिरिजमा पहिलो जितको स्वाद लिन पाएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update