Public Pana
शीर्ष नेताको दशैं :  कसैलाई जुठो, कोही मनाउन गाउँ लागे

देशभर दसैँको माहौल बढिरहेको छ ।

जागिर, रोजगारी र अध्ययनको शिलशिलमा संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न ठूला शहरहरुमा बसोबास गर्दै आएकाहरु धमाधम घर फर्किरहेका छन । कर्मथलोबाट जन्मथलो फर्किनेहरुको लर्कोले अधिकांश यात्रुवाह सवारीसाधन खचाखच देखिन्छन् ।

सर्वसाधरणसँग देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरुलाई समेत दशैंले छोइसकेको छ ।


केहिअघिदेखि नै दशैं शुभकामनाका कार्यक्रममा व्यस्त हुन थालेका नेताहरुको पनि दशैं योजनाहरु बनिरहेका छन् ।
दशैंका बेला आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुलाई शीर्ष नेताहरुले दशैंको टीका लगाई दिने चलन रहेको छ । यहि कारण पनि शीर्ष नेताहरुको दशैं सबैको चासोको विषय बन्ने गरेको छ । यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताको विजयादशमीको टीका छैन ।

यो वर्ष शीर्ष नेताहरुले कसरी मनाउँदै छन् दशैं ?

pm1690811457.jpg

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक उनको परिवारमा दशैं छैन ।

प्रधानमन्त्री प्रचण्डले यसप टक पारिवारिक भेटघाट मात्र गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् । उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको शिलशिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दशैँ मनाउने गर्नु हुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन शोकमै भएकाले हुने कुरै भएन ।’ प्रचण्डले गत वर्ष आफूले टीका नलगाए पनि परिवारका सदस्यलाई लगाइ दिएका थिए ।

sher_bahadur_deuwa1686332866.jpg


पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो वर्षको दसैँ काठमाडौंमै मनाउने भएका छन् । विजयादशमीका दिन देउवाले परिवारमै टीकाटालो गर्ने र त्यसपछि निवासमै बसेर नेता–कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले आफ्नो निवासमा दशैँ मनाउने जानकारी दिए । उनले भने, ‘यस पटक गृह जिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।’

kp sharma oli1673253828.jpg
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपालि विजयादशमीको टीका नलगाउने भएका छन् । यसै वर्ष ठूलीआमाको निधन भएकाले ओलीको परिवारमा टीका नचल्ने उनको सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली कार्यकर्ता भेटघाटसँगै पार्टी र भ्रातृ संगठनको कार्यक्रममा व्यस्त छन् । उनी भोलि नवमीको दिन काठमाडौं फर्किने छन् ।

makune1691655101.jpg
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट पुगेका छन् । फूलपातीकै दिन रौतहट पुगेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका चलाउँदैनन् ।  

Rajendra-lingden-71667198490.jpeg
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन घरमै दशैँ मनाउन घटस्थापनाकै दिन गृह जिल्ला झापा पुगिसकेका छन् । उनले यस वर्षको दशैँ झापाको हल्दिबारी–१ स्थित आफ्नै घरमा बसेर आफ्नो बुवाको हातबाट टीका लगाउने लिङदेनले जानकारी दिए । उनले बुवाको हातबाट टीका लगाएर भोलिपल्ट काठमाडौं फर्किने जानकारी दिए ।

RabiLamichhane_202212271034311674821779.jpg
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेकी स्वकीय संयोजक प्रतिभा रावलका अनुसार पार्टीका कार्यक्रम फूलपातीदेखि १० गतेसम्म रोकिएका कारण सभापति १० गतेसम्म काठमाडौं उपत्यकामा नै रहने छन् । लामिछानेका दाजु–भाउजु काभ्रेपलाञ्चोकमा छन् । त्यसैले विजयादशमीको दिन टीका लगाउन काभ्रेपलाञ्चोक जाने तालिका रहेको रावलले जानकारी दिइन् ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update