Public Pana
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर

पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

आइतबार अन्दाजी अपराह्न बजेको समयमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १३ बैकुन्ठेभिरमा रानिमहलबाट तानसेनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।


दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माज्यूको कमान्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली उद्धारमा खटिएको थियो ।

घटनास्थलबाट एक जना पुरुषको सख्त घाइते अवस्थामा उद्धार गरी उपचारको लागी युनाइटेड मिसन अस्पताल पाल्पामा पठाइएको थियो ।  


घाइते रहेका चालक नवलपरासी पूर्व देवचुरी न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३६ को ईश्वर बहादुर लोहनी रहेका छन् । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।


दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । 


निम्न छन् मृतकहरूः–
१.जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ५५ - ६० की पार्बती लोहनी ।
२.जिल्ला लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने वर्ष अन्दाजी ५५ की चुना धिताल ।
३. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३५ की सबिना धिताल ।
४. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ११ को सबिस लोहनी ।
५. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी २.५ को ईसव लोहनी ।
६. जिल्ला नवलपरासी पूर्व देवचुली न. पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ६५ को कृष्ण बहादुर लोहनी ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update