Public Pana
काठमाडौंमा फेरि भूकम्पको धक्का

नेपालको मुख्य राजधानी काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ ।

आज आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रविन्दु भएर ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।


यसअघि विहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।


भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।


पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update