Public Pana
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । 


राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज आइतबार बिहान पाँचखाल आएका हुन् ।


बडा दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । 


काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।


पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । 
पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ छ । 


जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update