Public Pana
अपडेट :  परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली 

इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 


परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।


श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।


उनले प्यालेस्टिनी आतंकवादीको आक्रमणमा परी मृत्यु भएका १ हजार ४०० जनाको शव इजरायलमा रहेको भन्दै ती शव पहिचान गरेर पठाउने क्रम जारी रहेको जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update