Public Pana
पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय
फाइल तस्बिर

सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ ।


पछिल्लो मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपी निर्णय गोप्य राखिएको हो ।


कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नयाँ दूतावास खोल्ने निर्णय भएको हो । अब कांग्रेस पार्टीको कोटामा पोर्चुगलमा राजदूत नियुक्ति हुनेछ ।  


देउवा निकटका नेता, व्यापारी वा कसैलाई राजदूत बनाउने योजनाअनुसार उक्त निर्णय भएको जनाइएको छ ।


मन्त्रिपरिषद् बैठकअघि यस विषयमा देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको हो ।


आर्थिक मन्दीले मुलुक जर्जर भएका बेला युरोपेली मुलुकमा दूतावास खोल्ने निर्णय गर्नाका पछाडि व्यक्तिगत र निजी स्वार्थ गाँसिएको अन्तराष्ट्रिय जानकार बताउँछन् । 


हाल नेपालका ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोग छन् ।


सरकारी कर्मचारीलाई विदेश पोस्टिङको अवसर र सत्तामा हुने राजनीतिक दललाई आसेपासे, राजनीतिक निकटस्थलाइ भर्ती गर्ने केन्द्रझैँ देखिन्छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update