Public Pana
धादिङमा  केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आज आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो ।

छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए ।

सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update