Public Pana
पाकिस्तानको स्वर्णपदक नेपाली सेनाका श्रीजन बानियाँलाई 

नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् । 


पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् । 


नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको  सेनाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update