Public Pana
मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापामा २ युवाको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराई र स्कुटरको पछाडी सवार सोही ठाउँका ३६ वर्षीय रोशन लुंगलीको मृत्यु भएको हो ।


भट्टराईको घटनास्थलमै र लुंगेलीको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा आज आइतबारमृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update