Public Pana
आजको मौसम : हिमपातको सम्भावना
सांकेतिक तस्बिर

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


 मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 


सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


सोमबार पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update