Public Pana
म्यानचेस्टर सिटी हारबाट जोगियो 

ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ । 


हिजो शनिबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।


यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको थियो । सिटीले पेपको नेतृत्वमा हालसम्म लगातार तीन खेल हारेको छैन । 


साबिक विजेता टोलीले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । जुलियन अल्भारेजले जेरेमी डोकुको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । १९ औँ मिनेटमा अर्लिङ हालाल्डले तीन खेलमा आफ्नो गोलविहीन शृङ्खला अन्त्य गर्दै टोलीको अग्रता दोब्बर बनाए ।


दोस्रो हाफको ७३ औँ मिनेटमा अन्सु फातीले ब्राइटनका लागि गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । ब्राइटनले थप गोलका लागि सिटीलाई दबाब दिए पनि सफल हुन सकेन । इन्जुरी समयमा एकान्जीले दोस्रो पहेँलो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो ।


जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update