Public Pana
विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

सदीरा समिराविक्रमाको अविजित ९१ रनको मदतमा श्रीलंकाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित हात पारेको छ । यो विश्वकप २०२३ मा श्रीलंकाको पहिलो जित हो ।


भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ।

पावर प्लेमा ५६ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका पथुम निसांका पनि तेस्रो विकेटका लागि ५४ रनमा आउट भए, जतिबेला टिमको स्कोर १०४ थियो ।


तर सदीराले पारी सम्हाले ।


उनले चौथो विकेटका लागि चरिथा असलंकासँग ७७ र पाँचौं विकेटका लागि धनन्जय डि सिल्भासँग ७६ रनको साझेदारी गरे । श्रीलंकाका लागि विजयी पारी खेलेका उनी ९१ रनमा अविजित रहे । दुशान हेमन्था ४ रनमा नटआउट रहे ।


नेदरल्याण्ड्सका आर्यन दत्तले ३ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update