Public Pana
पाकिस्तान फर्किए नवाज शरीफ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् ।

मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
पूर्व सूचनामन्त्री मरियम औरंगजेबका अनुसा

र उनी विमानस्थलबाट सिधै लाहौर जाने छन् र सभालाई सम्बोधन गर्नेछन् ।


२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।


त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update