Public Pana
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गरेका छन् ।


काठमाडौंमा जारी ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीले आज शनिबार संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ।


महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि हिजो शुक्रबार बाँकी प्रक्रिया स्थगित भएको थियो ।
महाधिवेशनबाट बहालवाला अध्यक्ष केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन् ।


सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन् ।


पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो ।

त्यसपछि महाधिवेशनका बाँकी प्रक्रिया हिजो शुक्रबार स्थगित गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update