Public Pana
हङकङलाई हराउँदै नेपाल फाइनलमा

लगातार तीन खेल जित्दै घरेलु टोली नेपालले त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा स्थान बनाएको छ ।

तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेट तथा हङकङलाई ६ विकेटले पराजित गरेको थियो 

आजको खेलमा २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सक्यो ।

हङकङका लागि अन्सुमन रथले ४५ तथा आइजाज खानले २५ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २-२ तथा प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।

यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update