Public Pana
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा

रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको राजीनामा परराष्ट्र मन्त्रालय आइपुगेको छ।

पोखरेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको आर्थिक शोषण गरेको, म्यानपावर व्यवसायीबाट घूस खाएको र हुन्डी कारोबार गरेको विवरण सार्वजनिकपछि अस्ति बिहीबार राजीनामा दिएका थिए ।


वाणिज्यदूत पोखरेलले लेखे– नैतिकताका आधारमा राजीनामा दिएँ, अब सुविधाहरूबाट वञ्चित भएका छौँ 

 
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले पोखरेलको राजीनामा प्राप्त भएको पुष्टि गर्दै थप कारबाही दसैँपछि हुने भएको छ । 


मन्त्रालयका ती अधिकारीले भने, ‘रोमानियाको प्रकरणले हामीलाई धेरै पाठ सिकाएको छ । राजनीतिक नेतालाई प्रयोग गरी अवैतनिक वाणिज्यदूतजस्तो मानार्थ पद लिने र त्यसको दुरुपयोग गर्ने गरेका यस्ता घटना अन्यत्र पनि देखिएका छन्। अब गम्भीर समीक्षा हुन्छ ।’ 


पोखरेलमाथि लागेका आरोपबारे छानबिन गरी अधिकारप्राप्त निकायबाट कारबाहीको प्रक्रिया अघि बढाउन सकिने ती अधिकारीको भनाइ छ ।


पोखरेलले नेपाली राहदानी नवीकरणका नाममा एक करोड रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क उठाएको पाइएको छ भने श्रमिकको मागपत्र प्रमाणीकरणका लागि सिफारिस गर्दा उनले काठमाडौँमै विभिन्न व्यक्तिका खातामा घूस जम्मा गर्न लगाएको तथ्य पनि सार्वजनिक गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update