Public Pana
परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस
तस्बिर परराष्ट्र मन्त्रालय

सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याललाई नियुक्ति सिफारिस गर्ने निर्णय गरेको छ ।


हिजो शुक्रबार बसेको  मन्त्रिपरिषद् बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


पौड्यालको नियुक्ति सिफारिसबारे सरकारले औपचारिक घोषणा गरिसकेको छैन ।


अब सरकारले उनको नाममा क्यानडासँग लिखित सहमति माग्नेछ । सो सहमतिपछि राष्ट्रपतिले उनको नियुक्तिको घोषणा गर्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update