Public Pana
माओवादी दलको नेतामा प्रचण्ड

नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो । 

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । 

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update