Public Pana
दशैंमा ६ ओटा बैंक राष्ट्र बैंकको कारबाहीमा परे आधा दर्जन वाणिज्य बैंक

आधा दर्जन वाणिज्य बैंक कारबाही परेका छन् । 


आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारबाहीमा परेका हुन् ।


राष्ट्र बैंकले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया र सिटिजन बैंकलाई फरक शिर्षक उल्लंघन गरेको जनाएको छ ।


राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ ।


त्यसैगरी हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ ।


एनआइसी एशिया, एनएमबी बैंक, नबिल र सिटिजन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा बैकहरूका संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।


नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बिपरित ब्याजदर बढाएको, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा बदमाशी गरेको, सिटिजन बैंकले कर्जा नोक्सानी ब्यवस्था नगरेको पाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update