Public Pana
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।


धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको हो ।


दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


५ जना गम्भीर घाइतेहरूलाई एम्बुलेन्स र बाँकी घाइतेलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update