Public Pana
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै 

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।


पौडेल कात्तिक २४ र २५ गते फ्रान्सको पेरिसस्थित ‘पेरिस पिस फोरम’को कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 


उक्त सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुने बताइएको छ ।


उक्त सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल त्यहीँबाट जर्मनी जानेछन् ।


जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update