Public Pana
जव हेकिकप्टरको हावाले मोटरसाइकल  बारीको पाटामा पुग्यो  !

खोटाङमा सुत्केरी उद्धारका लागि आएको हेलिकोप्टरको हावाले बाइक पल्टाउँदा भाइजरमा क्षती पुगेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर बिहीबार दिक्तेलको हेलिप्याडमा ल्याण्ड गर्नेक्रममा प्रदेश १–०५–००प १५२९ नम्बरको बाइकलाई डिलमुनी खसाएको हो । हेलिप्याडको डिलबाट करिब १५ मिटर तल रहेको सडकमा खसेको बाईकको भाइजर लगायतका भाग फुटेको छ । 

हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा हावाले पल्टाएर डिलमुनी खसाएको थियो ।

सुत्केरी भएपछि रक्तश्रावको समस्या देखिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया इन्द्रकला राईलाई लनका लागि दिक्तेलमा हेलिकोप्टर आएको थियो । नगरपालिकाले हेलिप्याडसम्म पुग्ने सडक खोलेपछि हेलिप्याडमा बाइक पार्किङ गर्न थालिएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update